FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१५ कात्तिक, काठमाडौँ । गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ ।

दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कम्जोर देखिँदा टिकाको भोलिपल्टदेखि प्रदर्शन भएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले ९ दिनमा १० करोड २० लाख रुपैयाँको कमाइ गरेको निर्माता मणिराम पोखरेलले जानकारी दिए ।

शनिवार काठमाडौँ उपत्यकामा फिल्म हेरेका दर्शकसँग कलाकारसहित साक्षात्कार गर्न पुगेका निर्माता पोखरेलले फिल्मले कमाइसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

‘हामीलाई विश्वास गरेर फिल्म हेर्न आउनु भएका दर्शक फर्किंदा सन्तुष्ट भएको पाएका छौँ । हामी दर्शक प्रतिक्रिया बुझ्न नै विभिन्न हलमा पुगिरहेका छौँ । यसले हामीलाई दर्शकसँग प्रत्यक्ष जोड्छ’, उनले भने ।

निर्माता पोखरेलका अनुसार कलाकारसहितको टोली मोफसल यात्रा गर्दै पोखरासहित विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गर्नेछन् । प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उल्लेख्य साथ पाएको फिल्मले बक्सअफिसमा बलियो पकड कायम राखेको हो ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । पाँचौँ शृंखलाले पनि दर्शकको उत्साहजनक साथ पाउँदै अघिल्ला फिल्मको सफलतालाई निरन्तरता दिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय