FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर भाइटीका पर्व मनाउँदै छन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका, माला तथा मिठाई प्रदान गर्ने चलन छ । भाइटीकालाई यमद्वितीया पनि भनिन्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउन आज दिनभर कुनै बाधा छैन । यद्यपि, शुभसाइतमा टीका लगाउन चाहनेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ । यसरी टीका लगाउँदा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता रहेको छ ।

आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने भए पनि तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने समितिले स्पष्ट पारेको छ ।

शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता छ । भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीका माला पहिर्‍याएर दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा छ ।

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रगाढ बनाउने पर्वका रूपमा भाइटीकालाई लिइन्छ ।

टीकाको दिन दिदीबहिनी नहुनेहरूले रानीपोखरीबिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका र आशीर्वाद लिने प्रचलन रहेको छ। यो मन्दिर आज बिहानदेखि साँझसम्म मात्र खुल्ने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय