२६ कात्तिक, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएको हुन् ।
उमेरका आधारमा पाउने कैद छुट सुविधापछि रायमाझी जेलमुक्त भएको डिल्लीबजार कारागारले जनाएको छ । उनले ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रिहा भएका हुन् ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० साल वैशाख ३१ गते पक्राउ परेका थिए ।






