FLASH NEWS
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा प्रवेश । नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र । नेप्सेमा १२.७९ अंकको गिरावट । मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरू । ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु । एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै । सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते । मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने । एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान । ओरालो लाग्दै सुनचाँदीको भाउ, आज तोलामा १९ सयले घट्यो सुन । सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित । कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक ।

१ मङ्सिर, काठमाडौं । विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो ।

उत्कृष्ट करदाताको सूचीमा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट बनेको छ भने वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।

सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि उत्कृष्ट करदाता बनेको छ ।

बैंकिङ क्षेत्रमा नबिल बैंक लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् ।

वस्तु व्यापारको कारोबार गर्ने कम्पनीमध्ये आर्थिक वर्ष २०८१÷८२ को आय विवरणअनुसार सीजी इम्पेक्स प्रालि उत्कृष्ट बनेको छ । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सबैभन्दा बढी आयकर दाखिला गरेको छ ।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि उत्कृष्ट करदाता बनेको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउनेमध्ये हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट बनेको छ ।

वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।

बीमा क्षेत्रतर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट बनेका छन् । लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ । यसरी बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग, व्यापार तथा सेवा क्षेत्रका करदाता उत्कृष्ट करदाताको सूचीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय