FLASH NEWS
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा प्रवेश । नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र । नेप्सेमा १२.७९ अंकको गिरावट । मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरू । ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु । एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै । सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते । मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने । एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान । ओरालो लाग्दै सुनचाँदीको भाउ, आज तोलामा १९ सयले घट्यो सुन । सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित । कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक ।

१ मंसिर, काठमाडौं । एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ ।

टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेको हो । प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन् ।

प्रतियोगिता नोभेम्बर १९ देखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय