१ मंसिर, काठमाडौं । मंगलबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०५ कित्ता शेयर किनबेच भए । बजारमा ४ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ ।
छठपछि खुलेको बजार दोहोरो अंकले झरेको हो । नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ३ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । धेरैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८, तथा व्यापार ०.०२ प्रतिशत घटे ।
अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.००, अपोलो हाइड्रोपावरको ५.६५, माउन्ट एभरेस्ट पावरको ५.५०, सानीगढ हाइड्रोको ३.८० प्रतिशत मूल्य बढ्यो । एभरेस्ट कलरको ५.३६, सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ तथा स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो ।
मंगलबार नबिल बैंक डिबेन्चरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको एक हजार १२२ रूपैयाँ ५० पैसामा २८ करोड ९१ लाख रूपैयाँको कारोबार भएको छ । दोस्रो सूचीमा घोराही सिमेन्ट रहेको छ । उक्त कम्पनीको ३२९ रूपैयाँमा २० करोड ३१ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको घटेको छ । यसमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, स्वेतगंगा हाइड्रोपावर, हिमालयन डिस्टिलरीले तुलनात्मक कारोबार गरे ।








