FLASH NEWS
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा प्रवेश । नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र । नेप्सेमा १२.७९ अंकको गिरावट । मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरू । ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु । एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै । सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते । मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने । एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान । ओरालो लाग्दै सुनचाँदीको भाउ, आज तोलामा १९ सयले घट्यो सुन । सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित । कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक ।

१ मंसिर, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् । आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

दोस्रो संस्करणको एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । यस्तै, पहिलो संस्करणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय