FLASH NEWS
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा प्रवेश । नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र । नेप्सेमा १२.७९ अंकको गिरावट । मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरू । ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु । एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै । सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते । मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने । एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान । ओरालो लाग्दै सुनचाँदीको भाउ, आज तोलामा १९ सयले घट्यो सुन । सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित । कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक ।

१ मंसिर, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाएका छन् ।

मेची नदीको पानी बोकेर मंगलबार पदयात्रामा निस्किएका सिंहले आगामी माघ १ गते महाकाली नदीको पानीमा मेचीको पानी मिसाउने लक्ष्य राखेको बताएका छन् ।

जनकपुरको जानकी मन्दिर परिसरबाट सोमबार सुरू गरिएको पदयात्रालाई झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाइएको हो । पदयात्राका क्रममा मेची नदीको पानी संकलन गरेर महाकालीसम्म पुर्‍याउने र पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय एकता तथा नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको उनले बताए ।

पदयात्राका क्रममा सिंहले नेपाल सरकारले ठेक्का तोडेको कन्काईमाई नदीमाथि हुलाकी सडकअन्तर्गत निर्माणाधीन पुलको समेत अनुगमन गर्ने बताएका छन् । उक्त पुलको अवस्थाबारे स्थलगत जानकारी लिने र निर्माणमा देखिएको समस्याबारे सरोकारवालासँग छलफल गर्ने उनको भनाइ छ ।

सिंहको टोली उक्त पुल हुँदै महाभारा, गौरीगञ्ज र रङ्गेलीबाट विराटनगर पुग्ने तयारीमा रहेको छ ।

यसैबीच, पदयात्राका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले आफ्नो पार्टीलाई विभाजन गर्न विभिन्न शक्ति लागेको दाबी गरे । पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिबाट पार्टीको अभियान प्रभावित नहुने बताए ।

उनले विगतमा नेपालमा विसं २०१५ र २०७४ मा दुई तिहाइ बहुमतको सरकार बने पनि विभिन्न देशी तथा विदेशी शक्तिका कारण अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे । अहिले आफूहरूले पनि यस्तै खालका चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो ।

वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने दाबी गर्दै सिंहले सरकारलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

सिंह नेतृत्वको मेची–महाकाली पदयात्रामा झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र झापा क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरा ढकालसमेत सहभागी छन् ।

यात्राका क्रममा विभिन्न बस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्ने, स्थानीय उत्पादन, बजारीकरण, रोजगारी तथा आर्थिक सम्भावनाबारे जानकारी संकलन गर्ने कार्यक्रम रहेको छ । नागरिकले भोगिरहेका न्यायिक तथा कानुनी समस्या, सरकारी सेवा प्रवाहका कठिनाइ र तीनै तहका सरकारबाट हुनुपर्ने नीतिगत सुधारका विषयसमेत अभिलेखीकरण गरिने जनाइएको छ ।

यात्राबाट संकलित सुझाव तथा समस्यालाई काठमाडौं फर्किएपछि संसद्, सरकार र नीतिनिर्माणको तहसम्म पुर्‍याउने सांसद सिंहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय