FLASH NEWS
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा प्रवेश । नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र । नेप्सेमा १२.७९ अंकको गिरावट । मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरू । ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु । एनपीएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै । सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते । मंसिर ५–६ गते नास–आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने । एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान । ओरालो लाग्दै सुनचाँदीको भाउ, आज तोलामा १९ सयले घट्यो सुन । सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित । कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक ।

१ मङ्सिर, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ ।

जितका लागि पाएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा निरोशन डिक्वेलाले ५९ रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकी पारी खेल्दै ५२ र इशान पाण्डेयले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्ल र रूबेल ट्रम्पलमेनले २/२ विकेट लिए ।

पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ ।

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् ।

फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय