८ मंसिर, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले र चाँदी ३५ रुपैयाँले बढेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६३५.६४ र चाँदी ४२.७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








