FLASH NEWS
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो ।

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

१० मङ्सिर, काठमाडौं । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएको हो ।

दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पु¥याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय