FLASH NEWS
वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह ।

११ मङ्सिर, वीरगन्ज, पर्सा । वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थितफच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दिपक साह रहेका छन् ।

त्यस्तै पर्सा गढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय बिनोद कुमार र काठमाडौँको शाखु नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठ पनि जुवा खेल्ने क्रममा नियन्त्रणमा लिइएका छन् ।

यसै गरी, नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक प्रसाद भट्ट, वीरगन्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दिपक राज पराजुली रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय