११ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन हजार ३०० र असली चाँदी १२० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंकका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६३६.४३ र चाँदी ४३.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








