FLASH NEWS
भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना ।

११ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ ।

उक्त पक्षले शुक्रबार विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ ।

महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन् ।

सो पार्टीको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महतलाई मनोनयन गरिएको छ ।

यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन् ।

यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्की मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर ११, २०८३

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको वैठकको निर्णय अनुसार मूल तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले मंसिर २१, २२ र २३ गते हुने नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनका लागि प्रचार प्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महत, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य श्री एन.पी.साउद, प्रशासन समन्वय एवं स्वंय सेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य श्री मोहनबहादुर वस्नेत, साँस्कृति समितिको संयोजकमा केन्द्रीय सदस्य श्री विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्कीलाई मनोनयन गर्नु भएको जानकारी गराईन्छ । धन्यवाद । जय नेपाल !

दीपकप्रसाद कुइकेल

संयोजक

सचिवालय समन्वय समिति

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय