FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

१२ मङ्सिर, जनकपुर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।

शनिबार विश्व हिन्दू परिषद् नेपाल, धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् ।

प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ । शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको सरयु कमला एक्सप्रेस रेलमार्फत जनकपुरधाम उमहानगरपालिकाका मेयर, विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष सन्तोष साहसहित ५२ जनाको समूह भार लिएर अयोध्याका लागि निस्किएका छन् ।

भारमा मिठाई, फलफूल, मिथिला परम्परा अनुसार घरमै बनाइने पारम्परिक व्यन्जन, कपडा, फूलहा भाँडालगायतका विवाहमा आदान प्रदान गरिने वस्तुहरुको रहेको छ ।

अयोध्या पुगेर तिलकोत्सव (छेका) गरिने र सोही बेला जनकपुरधाममा विवाहपञ्चमीको दिन सहभागी हुन निमन्त्रण दिइने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।

उनले प्रथम व्यवसायिक रेलमार्फत निमन्त्रणा लिएर अयोध्या जान पाएकोमा दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे ।

साताव्यापी रुपमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यसवर्ष यहि मंसिर २८ गते हुन गइरहेको छ ।

यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय