FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले रेमिटेन्सको भर मात्रै पर्ने अवस्था रहे मुलुक निश्चितस्तरभन्दा माथि उठ्न नसक्ने बताए । ‘रेमिटेन्सको भरमा मात्रै पर्ने हो भने देश एउटा सर्टेन लेभलभन्दा माथि जानै सक्दैन । त्यसकारण आजको दिनमा हामीले सिक्नुपर्ने कुरा भनेको आजको दिनमा बाहिर भइरहेको कुरालाई यहाँको अर्थतन्त्रलाई बलियो बनाउनको लागि यसलाई जोडेर कसरी माथि जानसक्छौँ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो’ उनले भने ।

उनले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताए ।

उनले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावनाको विस्तार आवश्यक रहेको उल्लेख गरे ।

उनले आफू छलफल र बहसमा विश्वास गर्ने उल्लेख गर्दै मुलुकको परिवर्तन नीतिमार्फत हुनुपर्नेमा जोड दिए । ‘मेरो फेमस बाख्रा व्यवसाय देखेर धेरै जना साथिहरु बाहिरबाट आउनुभयो, व्यवसाय शुरु गर्नुभयो । मैले एग्रिकल्चरको क्षेत्रमा यतिधेरै बाहिरबाट आउनुभएको मान्छेहरु देखेको छु । त्यसकारण कृषि व्यवसाय गर्ने मानिसका लागि १५ वर्षको ऋण सुविधा हुने हो भने धेरै जना मान्छेहरु यस्तो अवस्थाबाट जोगिन सक्नुहुन्छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय