FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ ४ गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ ।

समितिले पहिलो चरणमा १० हजार रुपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने समितिले जनाएको छ । समितिका सदस्यसचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएका शिवशिखर सहकारी र कान्तिपुर सहकारीलगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया आरम्भ गरिने छ । पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने तथा त्यसपछि थप चरणमा रकमको सीमा निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना रहेको समितिले स्पष्ट पारेको छ ।

समितिले बचतकर्ताको मागदाबीका आधारमा रकम फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण सङ्कलन कार्य सुरु भइसकेको जानकारी दिएको छ । समितिले बचतकर्तालाई आवश्यक कागजातसहित समयमै सम्पर्क गर्न आग्रह गरेको छ । समितिका अनुसार ‘सबै बचतकर्ताले केही न केही रकम फिर्ता पाउने’ नीति अनुसार चरणबद्ध रूपमा रकम वितरण गरिने छ ।

कार्यालयले सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ समयतालिका समेत लागु गरेको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म बचत फिर्ता, सरकारी तथा सार्वजनिक निकायसँग सम्बन्धित काम सञ्चालन गरिने छ भने स्टेटमेन्ट उपलब्ध गराउने, गुनासो सुनुवाइ तथा निवेदन दर्ता जस्ता सेवा दिउँसो ३ बजेपछि मात्र सञ्चालन गरिने जानकारी दिइएको छ ।

बचतकर्ताको भिड व्यवस्थापन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन समयतालिका निर्धारण गरिएको समितिको भनाइ छ ।

समितिले कर्जा असुली प्रक्रियालाई पनि थप कडाइ गर्ने चेतावनी दिएको छ । बैङ्क खाता बन्द नगरेका ऋणी, सञ्चालक, व्यवस्थापक, लेखा सदस्य तथा जमानीकर्तामाथि निगरानी बढाइने र आवश्यक परे बैङ्क खाता रोक्का, सरकारी सिफारिस तथा सेवासुविधा रोक्नेसम्मका कदम चालिने जनाइएको छ ।

यस्तै ऋण रकम आफन्त वा नातेदारमार्फत अन्यत्र सारिएको आशङ्का देखिएमा सम्बन्धित व्यक्तिको तीनपुस्तेसम्म खोजी गरी अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने समितिले जनाएको छ । समितिले ऋणी तथा सम्बन्धित पक्षलाई यथाशीघ्र सम्पर्क गरी भुक्तानी योजना पेस गर्न आग्रह गर्दै विभिन्न कारबाहीबाट बच्न सचेतसमेत गराएको छ ।समितिले बचतकर्ताको रकम फिर्ता प्रक्रिया पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता दोहो¥याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय