FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

यस अघि कुनै सरकारले छुन नसकेको कमल मालपानीको कम्पनी यशोदा फुड्सका उत्पादनहरु गुणस्तरहीन ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक बजारबाट फिर्ता उठाउन निर्देशन दिएको छ ।

विभागले विशेषगरी ‘करेन्ट’ र ‘लाली’ ब्रान्ड चाउचाउ तथा ‘ज्याक न्याक’ क्रयाकर बिस्कुटमा सरकारले तोकेको खाद्य सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा नभएको निष्कर्ष निकाल्दै बजारबाट फिर्ता गराउन निर्देशन दिएको हाे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा संकलित नमुनामा गम्भीर खालका कमजोरी भेटिएको जनाएको छ। विभागका अनुसार ‘करेन्ट’ ब्रान्ड चाउचाउमा अनुमतिभन्दा बढी मात्रामा सिसा फेला परेको छ भने केही उत्पादनमा ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ तोकिएको मापदण्डअनुसार नभेटिएको पुष्टि भएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ ब्रान्ड चाउचाउको ब्याच नम्बर ‘04A’ गुणस्तर परीक्षणमा असफल भएको हो। उक्त उत्पादनको उत्पादन मिति २०२६/०२/२३ रहेको छ र यसको उपभोग अवधि १२ महिना उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय