FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रवि लामिछानेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज सामूहिक छलफल गर्ने भएका छन् ।रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् ।

उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म तथा मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल तय गरिएको छ ।

विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार बैठक अवरोध गरिरहेका बेला रास्वपाले पार्टीभित्र छलफललाई तीव्र बनाएको हो ।त्यस्तै आगामी बजेटको पूर्वसन्ध्यामा आयोजना गरिएको यस छलफलमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनचासोका विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे पनि धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय