FLASH NEWS
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो ।

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुँदै छन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदै छ ।

यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

जारी लिग- २ अङ्क तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अङ्क बाड्दा २२ अङ्क हासिल गरेर पाँचौँ स्थानमा रहेको छ । त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै अमेरिकी टिममा मोनांक पटेल (कप्ता), जसदीप सिंह (उपकप्तान), आरोन जोन्स, जुआनोइ ड्राइसडाल, आन्द्रिज गोउस (विकेटकिपर), हरमित सिंह, नोसथुस केनजिगे, संजय कृष्णमुर्थी, मिलिन्द कुमार, साइतेजा मुक्कामल्ल्ला, सौरभ नेत्राभल्कर, स्मित पटेल, शयान जहानगिर, शाडलीभान स्कालविक र यासिर मोहमद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय