FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीभित्र डर र दबाबको राजनीति बन्द गर्न नेतृत्वलाई आग्रह गरेका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमार्फत पार्टी आस्था, विश्वास र संवादका आधारमा चल्नुपर्ने बताएका हुन् ।

उनले जंगी अड्डाको आदेशजस्तो त्रासपूर्ण वातावरण बनाएर पार्टी सञ्चालन गर्न नसकिने टिप्पणी गरेका छन् ।

कार्कीले सैद्धान्तिक असहमतिलाई संवादमार्फत समाधान गर्नुपर्ने बताए । जिम्मेवार निकायका व्यक्तिहरूले दम्भ र लापरवाही देखाउँदा पार्टीको पद्धति कमजोर बन्दै गएको उनको भनाइ छ ।

उनले पदका लागि राजनीति गर्ने प्रवृत्ति समस्या भएको उल्लेख गर्दै लोकतन्त्रका लागि संघर्ष गरेका नेता तथा कार्यकर्तालाई धम्क्याउने काम बन्द गर्न आग्रह गरेका छन् ।

पार्टी नेतृत्वले एकता, सहमति र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाइ छ । वडा, पालिका, क्षेत्र र जिल्लाका नेता तथा कार्यकर्ताले प्रश्न उठाएको वा असहमति जनाएको भरमा कारबाही गर्ने शैली लोकतान्त्रिक नभएको उनले बताएका छन् ।

कार्कीले असहमतिलाई संवादमा ल्याउनुपर्ने भन्दै ‘साइलेन्ट निलम्बन’ जस्ता गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय