FLASH NEWS
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो ।

पोखरा बसपार्क क्षेत्रभित्रका जग्गाधनी प्रमाणपत्र भएका व्यक्तिहरूलाई आवश्यक कागजात पेश गर्न तथा सटर र कवल लगायतका संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

समितिका अनुसार पोखरा बसपार्क क्षेत्रभित्र रहेको आफ्नै स्वामित्वको जग्गा दाबी गर्ने सम्पूर्ण जग्गाधनीहरूले आफ्नो प्रमाण खुल्ने कागजातहरू सात दिनभित्र कार्यालयमा बुझाउनुपर्नेछ ।

त्यसैगरी पोखरा बसपार्क क्षेत्र, पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रसम्म पसल, सटर तथा कवल निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ती सबै संरचना हटाउन आग्रह गरिएको छ।

समितिले तोकिएको समयभित्र संरचना नहटाइएमा पोखरा उपत्यका नगर विकास समितिले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने स्पष्ट पारेको छ ।

समितिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षको सम्पत्ति कर वा भूमिकर तिरेको रसिद र जग्गासँग सम्बन्धित अन्य प्रमाणित कागजातहरू सहित सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै समितिले बसपार्क निर्माण कार्यलाई सहज बनाउन सबै पक्षलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय