FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छन् ।

शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब कार्यकर्ताको भावना बुझेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको एमाले कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई पुन: आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने उल्लेख गरिन् ।

 

शाक्यले ओलीमा अझै पनि दम्भ, घमण्ड र गुटगत सोच देखिएको आरोप लगाउदै एमाले कुनै एक व्यक्तिको निजी सम्पत्ति वा गुटको कम्पनी नभएको बताउँदै लाखौं कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको पार्टी भएको स्मरण गराइन् ।

उनले भनेकी छन्– ’अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच .म उस्तै देख्छु । बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईं को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ । अहिले एक्काइसौँ शताब्दीमा छौं हामी आजको समयको माग विचार, सामूहिकता सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’

शाक्यले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने धारणा राख्दै सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन ओलीलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय