FLASH NEWS
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो ।

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय