FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

इन्डियन प्रिमियर लिग (आईपीएल)२०२६ मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

 

वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो।

यस जितसँगै आईपीएल २०२६ को शीर्ष चार (टप-४) टोलीहरूको टुङ्गो लागेको छ। यस सिजन रोयल च्यालेन्जर्स बैंगलुरू, गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सले प्लेअफमा स्थान बनाएका छन्।

आगामी मे २६ मा हुने क्वालिफायर-१ मा बैंगलुरू र गुजरातबिच प्रतिस्पर्धा हुनेछ भने मे २७ मा हुने एलिमिनेटर खेलमा हैदरावाद र राजस्थान भिड्ने छन्।

२०६ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईको सुरुवात अत्यन्तै खराब रह्यो। प्रारम्भिक ब्याटर रोहित शर्मा खाता नै नखोली आउट भए भने पावरप्लेभित्रै मुम्बईले आफ्नो ४ विकेट गुमाइसकेको थियो।

त्यसपछि सूर्यकुमार यादवले ६० रन र हार्दिक पाण्ड्याले ३४ रन बनाउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि लगातार रूपमा विकेट झरेका कारण मुम्बई लक्ष्यभन्दा टाढिन पुग्यो।

राजस्थानका तर्फबाट घातक बलिङ गर्दै जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। त्यस्तै नांद्रे बर्गर, ब्रिजेश शर्मा र यश पुञ्जाले समान २-२ विकेट चट्काए।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि ध्रुव जुरेलले ३८ रन, जोफ्रा आर्चरले १५ बलमा ३२ रन र दासुन शनाकाले २९ रनको योगदान दिएका थिए।

खेलको अन्तिम समयमा रवीन्द्र जडेजा र नांद्रे बर्गरले तीव्र गतिमा रन जोड्दै टोलीको स्कोर २०० रनको पार पुर्‍याएका थिए।

मुम्बईका तर्फबाट बलिङ गर्दै दीपक चाहर र शार्दूल ठाकुरले २-२ विकेट लिए भने विल ज्याक्स, अल्लाह गजनफर र कर्बिन बशले १-१ सफलता हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय