FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

नयाँ दिल्लीमा रहेका लामिछानेले यसअघि भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेतासँग राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन्।

उनले भारतका विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाहलगायत नेतासँग भेट गरी नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य र राजनीतिक दलबीचको संवादका विषयमा विचार आदानप्रदान गरेका थिए।

रास्वपाका अनुसार भ्रमणको उद्देश्य दुई देशबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुद बनाउनुका साथै लोकतान्त्रिक मूल्य र सुशासनका विषयमा अनुभव आदानप्रदान गर्नु हो।

भाजपाको निमन्त्रणामा भारत पुगेको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय