FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्रको विभाजनलाई अत्यन्तै दुर्भाग्यपूर्ण भन्दै चिन्ता व्यक्त गरेका छन्।

विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले पार्टी व्यावहारिकरूपमा फुटिसकेको उल्लेख गर्दै इतिहास र हालसम्मका संस्थागत उपलब्धिलाई जोगाउनका लागि कांग्रेस जसरी पनि मिल्नुपर्नेमा जोड दिए।

उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने भन्दै सबैलाई समेटेर अघि बढ्न आग्रह गरे।

लामो संघर्ष र ठूलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी भएको भन्दै उनले पार्टी आफैँ नटुक्रिएको बरु यसलाई टुक्र्याइएको दाबी गरे। कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी आज यो विभाजनको अवस्थामा आइपुगेको आरोप समेत लगाए।

अहिलेको परिस्थितिमा सबैभन्दा ठूलो र प्राथमिक आवश्यकता पार्टी एकतानै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे। कोइरालाले पार्टीको भविष्यलाई उज्वल बनाउन र मुलुकलाई सही दिशा दिनका लागि विगतका तिक्तता त्यागेर कसरी हुन्छ एकताको वातावरण निर्माण गर्न सम्पूर्ण नेताहरूलाई आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय