FLASH NEWS
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा आइभरी कोष्ट विजयी भएको छ । आइभरी कोष्टले इक्वेडरलाई १-० ले हराएको हो ।

लिंकन फाइनान्सियल फिल्डमा सोमबार बिहान भएको खेलको ९० औँ मिनेटमा अमड डियाल्लोले निर्णायक गोल गरे । विल्फ्रेड सिंगोको पासमा अमडले सुन्दर गोल गरेका हुन् ।

खेलमा इक्वेडरले ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि गोल गर्न नसक्दा खेल हार्न पुग्यो । खेलमा आइभरी कोष्टका तीन तथा इक्वेडरका एक खेलाडीले पहेँलो कार्ड खाए ।

यो बराबरीसँगै दुवैले समान १ अंक जोडेका छन् । यही समूहको अर्को खेलमा विश्वकपको उपाधि दाबेदार जर्मनीले डेब्यु टिम कुराकाओलाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै शानदार शुरूआत गरेको छ।

अमेरिकाको टेक्सासस्थित एनआरजी स्टेडियम, ह्युस्टनमा भएको खेलमा जर्मनीले शुरूदेखि अन्त्यसम्म पूर्ण दबदबा कायम राख्यो। खेलको छैटौँ मिनेटमै फेलिक्स नेमेचाले पेनाल्टी क्षेत्रको बाहिरबाट सशक्त प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले कुराकाओका लागि ऐतिहासिक पहिलो विश्वकप गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि जर्मनीले खेल पूर्ण रूपमा नियन्त्रणमा लियो। ३८औँ मिनेटमा निको श्लोटरबेकले कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाए भने पहिलो हाफको अन्त्यतिर काइ हाभेर्ट्सले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए।

दोस्रो हाफ शुरू भएको केही सेकेन्डमै जमाल मुसियालाले उत्कृष्ट फिनिसिङ गर्दै चौथो गोल थपे। त्यसपछि जर्मनीको आक्रमण रोकिएन। नेथानियल ब्राउनले पाँचौँ गोल गरे भने बदल खेलाडीका रूपमा आएका डेनिस उन्डाभले छैटौँ गोल थपे।

खेलको अन्त्यतिर काइ हाभेर्ट्सले आफ्नो दोस्रो तथा जर्मनीको सातौँ गोल गर्दै स्कोर ७-१ मा पुर्‍याए। त्यसपछि बाँकी समय जर्मनीले खेल सहज रूपमा नियन्त्रण गर्दै विजय सुनिश्चित गर्‍यो।

यो जितसँगै जर्मनी समूह ‘ई’ को शीर्ष स्थानमा पुगेको छ। टिमले बलमाथिको नियन्त्रण, उच्च प्रेसिङ र तीव्र आक्रमणमार्फत उपाधि दाबेदारीलाई बलियो सन्देश दिएको छ।

कुराकाओका लागि भने यो खेल ऐतिहासिक बनेको छ, किनकि उनीहरूले आफ्नो पहिलो विश्वकप गोल पनि यही खेलमा गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय