FLASH NEWS
तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित ।

एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ ।

जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

फोयलको पुरुषमा ज्ञानेन्द्र तिमिल्सिना, अनुप भण्डारी, बुद्धिष्टबहादुर लामा र भुवन मल्लिक तथा महिलामा अनिता अधिकारी, मनीषा श्रेष्ठ, उर्मिला माझी र सोफिया चन्दले प्रतिस्पर्धा गर्ने छन् ।

इपीको पुरुषमा सोयबमान श्रेष्ठ, जंग गिरी, प्रशान्त तामाङ र सुकीराम तामाङ तथा महिला अनिता कार्की, माया चौधरी, पुजनकुमारी कुमाल र कृपा गुरुङले खेल्ने छन् ।

मुख्य प्रशिक्षकमा ओमकार सिंह, प्रशिक्षकमा राजेन्द्र गजुरेल र व्यवस्थापकमा अलिसा अधिकारी छन् । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासचिव श्रेष्ठले बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय