FLASH NEWS
राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता ।

सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।

सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको थियो । प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।

अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४–७छ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पूनःमूल्यांकन गरी थप मूल्य  ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ । इन्फिनिटी होल्डिंग्स प्रालिको आ.व. २०७७–७८ मा थप ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ ।

त्यसैगरी आ.व. २०७९-८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ । यी रकम कर्जा अपचलन गरी बैकिङ कसुरमार्फत प्राप्त रकमबाट बृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय