FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा म्याजिक र स्कार्पियो एक-आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो मंगलबार एक-आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका छन्। म्याजिकमा सवार घाइते हुनेहरूमा नवलपरासीको गैंडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिसा आले र उनका २० महिनाका छोरा पिन्स आले रहेका छन्। यस्तै, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सिता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागि पनि घाइते भएका छन्।
त्यसैगरी, स्कार्पियोमा सवार सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका ५३ वर्षीय श्रीमान शषि भसाल अग्रवाल घाइते भएका छन्। घाइते सबैजनाको हाल नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ का ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ का ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय