FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रेस रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आफ्नो वैयक्तिक विवरणसहित आवेदन माग गरेको हो।

मन्त्रालयका अनुसार कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा १२ बमोजिमको काम, कर्तव्य र अधिकार रहने गरी प्रेस रजिष्ट्रार नियुक्तिका लागि यो प्रक्रिया अघि बढाइएको हो।

२०८३ असार ४ गतेको प्रदेश प्रेस रजिष्ट्रार सिफारिस समितिको निर्णयअनुसार असार ५ गते यो सूचना प्रकाशित गरिएको हो।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् असार ११ गतेसम्ममा कार्यालय समयभित्र मन्त्रालयको सञ्चार शाखामा आवश्यक कागजातसहित आवेदन पेस गरिसक्नुपर्नेछ।

कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ११ बमोजिम प्रेस रजिष्ट्रार पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, सञ्चार, सूचना प्रविधि वा कानुनको क्षेत्रमा कम्तीमा १२ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको, उमेर ३५ वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, नियुक्ति हुँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र कुनै पनि विषयमा कालोसूचीमा नपरेको र प्रचलित कानुनले अयोग्य नठहरिएको व्यक्ति योग्य हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय