FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे१त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा उक्त मानविय क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी पाँच वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकामा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको सूचना अधिकारी अवाले बताए ।

गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ । ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय