ट्रेण्डिङ

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

 

न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा रिहा गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले पाण्डेलाई मुलुक बाहिर जानुपर्ने अवस्था आए अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । अदालतले उनीमाथि हिरासतमा राखेरै अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

यसअघि पाण्डेकी पत्नी निरु दाहालले आफ्ना पति गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री प्रक्रियामा आपराधिक विश्वासघातलगायत कसूर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डे पक्राउ परेपछि बैंक तथा वित्तीय क्षेत्रका विभिन्न संघ–संगठनहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै विरोध जनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय