FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२४ साउन, काठमाडौं । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा आधारित रियालिटी शोमा सहभागी हुन लागेको यो पहिलो अनुभव भएको उनले बताए ।

हमालले कमेडी विधा कलाकारिताको सबैभन्दा चुनौतीपूर्ण विधामध्ये एक भएको उल्लेख गरे । दर्शकलाई हँसाउनु निकै कठिन काम भएको भन्दै उनले कमेडी कलाकारप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।

उनले भने, ‘व्यक्तिलाई भावनामा ल्याएर रुवाउनु वा प्रेमका कुरा गर्नु तुलनात्मक रूपमा सहज हुन सक्छ । तर कमेडी गरेर व्यक्तिलाई हँसाउनु अत्यन्त चुनौतीपूर्ण काम हो । त्यसका लागि विशेष किसिमको हास्यचेत आवश्यक हुन्छ ।’

‘सुपर कमेडी लिग’मा आफू मुख्य निर्णायकको भूमिकामा रहे पनि प्रतियोगीलाई अंक दिने जिम्मेवारी भने आफ्नो नरहेको हमालले स्पष्ट पारे । प्रतियोगीहरूको प्रस्तुति हेरेर आवश्यकताअनुसार सकारात्मक तथा आलोचनात्मक सुझाव दिने उनको भूमिका रहनेछ ।

शोमा देशभरका विभिन्न सहरबाट कमेडी कलाकार छनोट गरी उनीहरूलाई आफ्नो प्रतिभा तथा प्रस्तुति देखाउने अवसर प्रदान गरिने जनाइएको छ । नयाँ पुस्ताका कलाकारसँगै लामो समयदेखि कमेडी क्षेत्रमा सक्रिय कलाकारहरूको प्रस्तुतिसमेत हेर्न आफू उत्साहित रहेको हमालले बताए ।

हमालका अनुसार ‘सुपर कमेडी लिग’को अवधारणामाथि करिब एक वर्षदेखि तयारी भइरहेको थियो । कार्यक्रम निर्देशक आलन श्रेष्ठसँग लामो समयदेखि छलफल तथा गृहकार्य गरेपछि शोको औपचारिक घोषणा गरिएको उनले जानकारी दिए ।

‘यो अचानक आएको कार्यक्रम होइन । करिब एक वर्षदेखि यसबारे छलफल र तयारी भइरहेको थियो। अहिले हामी कार्यक्रमका लागि तयार अवस्थामा छौँ,’हमालले भने ।

कमेडी कलाकारहरूको निरन्तरता र दर्शकमाझ लोकप्रियता आफैँमा ठूलो उपलब्धि भएको बताउँदै हमालले लामो समयदेखि कमेडी क्षेत्रमा सक्रिय कलाकारहरूको प्रशंसा गरे । नयाँ पुस्ताका प्रतियोगीहरूले प्रस्तुत गर्ने हास्यशैली र उनीहरूको ‘सेन्स अफ ह्युमर’ हेर्न आफू विशेष उत्सुक रहेको पनि उनले बताए ।

कार्यक्रममा हमालले जीवनमा हाँसोको महत्त्वसमेत उल्लेख गरे । हाँसो मानिसको जीवनका लागि आवश्यक रहेको भन्दै उनले ‘सुपर कमेडी लिग’ले नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उक्त सो कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नेछन् । कार्यक्रमका लागि देशका पाँच प्रमुख शहरमा अडिसन आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय