FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ साउन, काठमाडौं । कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ।

फिल्मले सोमबार दिउँसो ४ बजेसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मलाई ७ लाख २९ हजार दर्शकले हेरेका छन्।

‘गौंथली’ले सोमबार नै समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को बक्सअफिस कमाइलाई उछिनेको हो। ‘१२ गाउँ’ले घरेलु बक्सअफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो।

यससँगै ‘गौंथली’ सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ। अब ‘गौंथली’भन्दा बढी कमाउने नेपाली फिल्ममा ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन्।

फिल्मले लगातार दर्शकको राम्रो साथ पाइरहेकाले यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय