FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ भदौ, काठमाडौं । सुमन श्रेष्ठ र जियोन तामाङ ‘फेस अफ नेपाल २०२६’ को विजेता बनेका छन् । ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा महिला विधातर्फ सुमन श्रेष्ठ विजेता बनेकी हुन् भने पुरुषतर्फ जियोन तामाङ विजेता बनेका हुन् ।

त्यस्तै प्रतियोगी आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन् । अब यी चारै जनाले नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगी थिए ।

बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बीच ‘फेस अफ नेपाल’को ग्रान्ड फिनाले सम्पन्न भएको हो । विपत्तिको अवस्थालाई ध्यानमा राख्दै आयोजकले कार्यक्रमलाई एक सातापछि सारेको थियो । तर, प्रायोजक र फिनालेको लोकेसन पहिल्यै तय भइसकेकाले थप समय सार्न सम्भव नभएको नेसनल डाइरेक्टर मेनुका माझीले बताइन् ।

‘यस्तो ठूलो विपत्तिबीच पनि कार्यक्रम सफल बनाउनुपर्ने चुनौती थियो । त्यो चुनौती पार गर्दै भव्य रूपमा ग्रान्ड फिनाले सम्पन्न गरेका छौं,’ माझीले भनिन् ।

उनका अनुसार आयोजक टिमले बाढीपीडितका लागि राहतसमेत वितरण गरेको थियो । कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक तथा साथ दिने सबैप्रति उनले आभार व्यक्त गरेकी छन् ।

‘यस्तो अवस्थामा पनि फेस अफ नेपाल भव्य र सभ्य रूपमा सम्पन्न गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।

फिनालेको निर्णायकमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल–२०२१ तथा अभिनेत्री, मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल–२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका थिए ।

‘फेस अफ नेपाल २०२६’को मुख्य प्रायोजन स्टार बोस कफी तथा सह–प्रायोजन यामाहा रेसिङले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय