FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१५ कातिक, काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व ‘हालोविन’ लाई लक्षित गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ दोस्रो संस्करण गत शुक्रबारदेखि जारी छ ।

हरर विधामा रहेर तयार गरिएका फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।

‘नेपालमा हरर विधाका दर्शक छन्, तर यस विधालाई निर्देशकले आफ्नो रूचीमा कमै राखेको पाइन्छ । यस्ता विधाका दर्शकको मनोविज्ञान, रूचीलाई बुझ्न यस्ता महोत्सव प्रभाकारी हुने भएर हामीले यसको सुरुआत गत वर्षदेखि गरेका हौँ । दर्शक सहभागिता बढ्दो छ’, अध्यक्ष पाठकले भने ।

लेबनानी निर्देशक नादिम ताबेत निर्देशित फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शनसँगै सुरू भएको महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधागत फिल्म प्रदर्शन भइरहेको छ ।

अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत फिल्मको उपस्थिति बलियो बनाउँदै फिल्मकर्मी तथा दर्शकका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्य महोत्सवले राखेको आयोजकले जनाएको छ । तीन दिने महोत्सव आज (कात्तिक १५) गते औपचारिक कार्यक्रम गरेर बेलुकी समापन गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय