FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

७ असोज,  काठमाडौं । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना हुने भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका उत्कृष्ट ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिम हुने अध्यक्ष आचार्यले बताए । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् ।

यस्तै गुजरात स्टेट भलिबल एसोसिएस र खैरा क्लब पन्जाब भारतबाट प्रतिनिधत्व गर्दैछन् भने श्रीलंकन टिमको रुपमा श्रीलंका पुलिस क्लब रहेको छ ।

प्रतियोगितामा विजेता टिमले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुनेले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ट्रफी, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कारसहित कुल ३१ लाख ६१ हजार रुपैयाँ पुरस्कार तथा सम्मानमा खर्च हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि कुल १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ बजेट अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

जसअन्तर्गत खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९०० रुपैयाँ, यातायात खर्चमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र अन्य विविध खर्च १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

यसका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतहरूबाट आर्थिक व्यवस्थापन गरिने पनि उनले बताए ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्रि चन्द्र बदना राई रेफ्रि डेलिगेटको रूपमा रहनेछन् । सहभागी खेलाडी, निर्णायक र प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको पनि उनले बताए ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी र युट्युब प्रसारण नेप्लेजबाट हुने जानकारी दिइएको छ । नेपाली भलिबलको विकास, प्रतिभा पहिचान तथा छिमेकी मुलुकहरूसँगको खेल सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने एकेडेमीका अध्यक्ष आचार्यले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय