FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पोखरा बसपार्क निर्माणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स हटाएको छ । आज शनिबार कम्प्लेक्समा रहेका ३२० वटा सटरकबलहरु हटाइएको हो ।

पोखरा महानगरपालिका–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले त्यस स्थानमा रहेका सबै शटरकबलहरु हटाइएको बताए । यसअघि नगर प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवाद गरेका थिए ।

बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको नगर प्रमुख आचार्यले बताए । यस कार्यमा समन्वय गर्ने सबै सरोकारवालाहरूप्रति उनले आभार प्रकट गरेका छन् । बसपार्कका लागि अधिग्रहण गरिएको सवैक्षेत्रमा बसपार्क बनाउने गरी सुकुम्वासीहरूको व्यवस्थापन लगायतमा महानगरपालिका प्रतिवृद्धताका साथ लागिरहेको बताएको छ ।

महानगरले सुकुम्वासी बस्तीका ५७२ मध्ये ३३७ जनाको डकुमेन्ट भेरिफिकेसन सकिएको जनाएको छ । साथै महानगरले गलत वा झुट्टा विवरण दिएमा कानुनअनुसार कारबाही गरिने र सुकुम्वासी बस्ती व्यवस्थापन नगरी नहटाउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय