FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेदरल्यान्ड्सले ह्युस्टनमा भएको फिफा विश्वकप २०२६ को समूह ‘एफ’ को खेलमा शनिबार स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । ब्रायन ब्रोबी र कोडी गाक्पोको २–२ गोलबाट प्रेरित नेदरल्यान्ड्सले यससँगै उपाधिको दाबेदारी पनि प्रस्तुत गरेको छ ।

पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स स्विडेनलाई सानदार ढंगले पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले पराजित गरेको स्विडेनले नकआउट चरणमा पुग्न अर्को खेलमा जापानविरुद्ध आफूअनुकूल नतिजा निकाल्नु पर्नेछ ।

नेदरल्यान्ड्सले अब ट्युनिसियासँग आफ्नो समूह चरणको अन्तिम खेल खेल्ने छ । सन् १९५८ मा आफ्नै भूमिमा आयोजित विश्वकपको फाइनलमा ब्राजिलसँग ५–२ ले पराजय भोगेयता स्विडेनले विश्वकपमा सबैभन्दा ठूलो हार आज बेहोरेको हो ।

प्रतियोगितामा पहिलो पटक प्लेयिङ ११ बाट खेलिरहेका ब्रायन ब्रोबीले नेदरल्यान्ड्सलाई पाँचौं मिनेटमा अग्रता दिलाएका थिए । उनले गाक्पोको पासलाई सदुपयोग गरेका थिए । १७ औं मिनेटमा उनले नै दोस्रो गोल थपे ।

मध्यान्तरपछिको ९ मिनेटमा गाक्पोले दुई गोल गर्दै नेदरल्यान्ड्सलाई मजबुत स्थितिमा पुर्‍याए । गाक्पोले ४७ र ५४ औं मिनेटमा गोल गरेका थिए । एन्थोनी इलाङ्गाले स्विडेनबाट ५९ औं मिनेटमा एक गोल फर्काए । क्रिसेन्सिओ समरभिलले ८९ औं मिनेटमा नेदरल्यान्ड्सबाट पाँचौं गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय