FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भेर्डेको प्रभावशाली यात्रा जारी रहँदा उसले दुई पटकको च्याम्पियन उरुग्वेसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

समूह ‘एच’ अन्तर्गत भएको खेलमा केप भेर्डेले सुरुआती अग्रता लिए पनि उरुग्वेले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो । स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित पारेको केप भेर्डेले २१औँ मिनेटमा केभिन पिनाको लामो दूरीको फ्रिकिकमार्फत अग्रता बनाएको थियो । उनको प्रहार रक्षापंक्तिको बीचबाट हुँदै जाली चुमेको थियो ।

अग्रता लिएपछि केप भेर्डे आक्रामक बनेको थियो । तर त्यसक्रममा रक्षापंक्तिमा खाली ठाउँ छाड्दा उरुग्वेले त्यसको फाइदा उठायो । माक्सी अराउजोले सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ फर्काएको बललाई हेडमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले अराउजोकै पासलाई नजिकबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाएका थिए । उरुग्वेको निरन्तर दबाबका कारण केप भेर्डेलाई आक्रमण निर्माण गर्न कठिनाइ भइरहेको थियो । तर उसले हार मानेन र खेलमा पुनरागमन गर्‍यो ।

उरुग्वेका रक्षक मथियास ओलिभेराले आफ्नै क्षेत्रमा बल पास गर्ने क्रममा हेलियो भारेलालाई नदेख्दा त्यसको महँगो मूल्य चुकाउनुपर्‍यो । भारेलाले बल नियन्त्रण गर्दै गोलरक्षकलाई छलाएर खाली पोस्टमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

उरुग्वेले अन्तिम समयमा विजयी गोल गर्ने अवसर पनि पाएको थियो । फेडेरिको भाल्भेर्डेले गरेको गोल अफसाइडका कारण मान्यता पाएन । इन्जुरी समयमा दुवै टोलीले थप अवसर सिर्जना गरे पनि निर्णायक तेस्रो गोल भने निस्कन सकेन ।

दुई खेलबाट समान दुई अंक जोडेको उरुग्वे दोस्रो तथा केप भेर्डे तेस्रो स्थानमा रहेका छन् । दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना अझै कायम रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय