FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन विजयी भएको छ।  जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो ।

यो जितसँगै स्पेन फेरि लयमा फर्किएको छ। यसअघिको खेलमा स्पेनले नवप्रवेशी केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको थियो। एटलान्टामा भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गरेसँगै स्पेन ४ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको हो।

साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा स्पेनका लामिन यमालले पहिलो गोल गरे। त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए।

दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनले ४–० को जित हात पारेको हो। अब स्पेनलाई अन्तिम ३२ मा स्थान सुरक्षित गर्न उरुग्वेविरुद्धको अन्तिम खेलमा १ अंक बराबरीको नतिजा आवश्यकता छ।

साउदी अरेबियाले भने अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डेविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुन्छ। विश्वकप फुटबलमा आज बिहान पौने ७ बजे क्यानडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टले खेल्दैछन्। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय