FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको खेलमा युरोपेली टोली बेल्जियम र इरानले अंक बाँडेका छन् । अमेरिकाको इङ्गलउडमा सोमबार बिहान भएको रोमाञ्चक तथा संघर्षपूर्ण प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा लगातार दोस्रो बराबरी खेल्दै समान २ अंक जोडेका छन् । यसअघि आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग १-१ तथा इरानले न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेलेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले स्पष्ट ३ अंकका लागि आक्रामक रणनीति अपनाएका थिए । खेलको २७ औँ मिनेटमा इरानले गोल गर्दै सुरुवाती अग्रता लिएको संकेत गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले त्यसलाई ‘अफसाइड’ घोषित गरिदिएपछि इरान अमूल्य अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफ गोलरहित सकिएपछि दोस्रो हाफमा बेल्जियम ठुलो संकटमा पर्‍यो । खेलको ६७ औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन एनगोयले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

मुख्य डिफेन्डर बाहिरिएपछि बाँकी समय इरानले बेल्जियममाथि थप दबाब सिर्जना गरेको थियो । इरानी खेलाडीले केही उत्कृष्ट अवसरहरू बनाए पनि बेल्जियमको मजबुत रक्षापंक्ति र गोलरक्षकले ती प्रयासलाई असफल तुल्याए ।

१० खेलाडीमा समेटिएपछि बेल्जियमले बाँकी समय रक्षात्मक खेल खेल्दै इरानको लगातारको आक्रमणलाई विफल बनायो र खेल बराबरीमा टुङ्ग्याउन सफल भयो । यो बराबरीले समूह ‘जी’ बाट नकआउट चरणमा पुग्ने समीकरणलाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय