FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।

इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे । खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो । खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए ।

त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए । बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो ।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । इरान र बेल्जियमको समान २ अंक छ । न्यूजिल्यान्डको एक अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय