FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ ।

आगलागीपछि भवनभरि बाक्लो धुवाँ फैलिँदा कोचिङ सेन्टरभित्र रहेका विद्यार्थीहरूमा भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीले माथिल्लो तलाबाट हाम फालेका थिए, जसका कारण उनीहरू गम्भीर घाइते भएका छन् । उद्धारका लागि छिमेकी घरको छतबाट कोचिङ सेन्टरको पर्खाल काटेर भित्र प्रवेश गर्ने प्रयास गरिएको बताइएको छ ।

यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले राहत तथा उद्धारका लागि अधिकारीहरूलाई तत्काल परिचालन गरिएको र घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताएका छन् । स्थानीयवासीका अनुसार भवनबाट अचानक धुवाँ निस्किएको देखिएपछि तत्काल दमकल र प्रहरीलाई खबर गरिएको थियो । केही समयमै आगोले विकराल रूप लिएर सम्पूर्ण परिसरमा फैलिएको थियो ।

सूचना पाएलगत्तै दमकलका धेरै गाडी घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित बाहिर निकाल्ने अभियान जारी छ । प्रत्यक्षदर्शीका अनुसार उक्त भवनमा पुस्तकालय वा कम्प्युटर तालिम सञ्चालन हुने संस्था रहेको थियो ।

हाल आगलागीको वास्तविक कारण खुलेको छैन। घटनाबारे विस्तृत विवरण तथा घाइतेहरूको आधिकारिक तथ्यांक सार्वजनिक हुन बाँकी छ । प्रहरी, दमकल र प्रशासनिक टोलीले उद्धार तथा अनुसन्धान कार्य जारी राखेको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय