FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियामाथि २–० को जित हासिल गरेको छ।

अमेरिकाको डलासस्थित स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाको जितका लागि कप्तान लियोनेल मेस्सीले दुवै गोल गरे। यस जितसँगै अर्जेन्टिना विश्वकपको अर्को चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।

खेलको नवौँ मिनेटमा मेस्सीले प्रहार गरेको पेनाल्टी अस्ट्रियाका गोलरक्षक अलेक्जेन्डर स्लागरले उत्कृष्ट बचाउ गरेका थिए। सुरुआती अवसर गुमाए पनि अर्जेन्टिनाले खेलमा निरन्तर दबाब कायम राख्यो। खेलको ३८औँ मिनेटमा फाकुन्डो मेडिनाको पासमा मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए।

अस्ट्रियाले बराबरीका लागि केही राम्रो अवसर सिर्जना गरे पनि अर्जेन्टिनी रक्षापंक्ति र गोलरक्षकले ती प्रयास विफल पारिदिए। त्यसपछि खेलको अतिरिक्त समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको २–० को जित सुनिश्चित गरे। यस जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ भने मेस्सीले टोलीको सफलतामा निर्णायक भूमिका निर्वाह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय