FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सेयर बजारमा उत्साह छाएको छ। मङ्गलवार नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६ सय ५१ दशमलव ६८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३३ अङ्क, फ्लोट इण्डेक्स १ दशमलव ७३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५७ अङ्कले बढेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलवार ३ सय ५२ स्टकको ७२ हजार २२ पटकको कारोबारमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको ९५ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ६७ रुपैयाँ ३० पैसा बढेर ५ सय १६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भयो। आरबिबि फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशत र सानिगाड हाइड्रोको सेयरमूल्य साढे १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रहेको छ। २० करोड ७५ लाख रुपैयाँ बराबरको सो डिबेञ्चर कारोबार भएको छ। त्यस्तै,करिब १८ करोड रुपैयाँको १० दशमलव ३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

मङ्गलवार बजारका १३ वटै उपसमूहको परिसूचक बढेर हरियाली छाएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ८९ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय