FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सडक अवरुद्व भएको छ । मंगलबार बिहान ताराखोला गाउँपालिका वडा ३ को घुस्मेलीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक (प्रनि) डम्बर बहादुर बोहराले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समय लाग्ने बोहराको भनाइ छ ।

सडक अवरुद्ध हुँदा गलकोट र ताराखोला आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । ताराखोलामा अहिले असारे पर्वको अवसरमा करिमेलामा मेला चलिरहेको छ । सडक अवरुद्व मेला भर्न गएका र फर्किनेहरु प्रभावित भएका छन् । बस्ती माथिबाट खसेको पहिरोले सडक अवरुद्व गरेपनि भौतिक र मानवीय क्षति भने नभएको प्रनि बोहराले बताउनुभयो ।

यो गलकोटको हटिया–हरिचौर–ताराखोला हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा २ रुम जोड्ने रणनीतिक सडक हो । सडक अवरुद्व भएपछि बिहुँको रिजालचोकदेखि अर्गल हुँदै करिमेला जोड्ने जीर्ण सडकमा सवारी आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय