FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।

गरुडा नगरपालिका वडा नम्बर ९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य केही कारणले सो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगोबाट निजको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको रौतहट प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले बताए । उनका अनुसार घटना लगत्तै उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनको अवस्था मध्यम रहेको र उपचारमा उनका बुवा संलग्न रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा घाइते युवकले मानसिक रोगको औषधि सेवन गरिरहेको र घटनाको समयमा मादक पदार्थ सेवन (मा.प.से.) गरेको उनका पारिवारिक सदस्यहरूले बताएका छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय